बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका–५ का ३१ वर्षीय सहचालक राजबहादुर चन्द रहेका छन्।

चन्दको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

जिल्लाको ग्रामीण सडकखण्ड मेलौलीबाट तितावै जाँदै गरेको से २ त २५८१ ट्याक्टर गएराति पेले भन्ने ठाउँमा दुर्घटनामा भएको हो। दुर्घटनामा परी २२ वर्षीय डम्बर चन्द घाइते भएका छन्।

ट्याक्टरका चालक डडेल्धुराका परशुराम नगरपालिका –५ जोगबुडाका ४७ वर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित मिति: : 2021-07-07 13:01:00

प्रतिकृया दिनुहोस्