काठमाडौं, झापा र स्याङजाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका-६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिकलगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
विषेश सुचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापाको दमक नगरपालिका-८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो।
यस्तै स्याङजाको भिरकोट नगरपालिका-२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठलगायत १२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।