सिद्धार्थनगर नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद ३१ लाख ९० हजार रुपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनय कलवार र भारत उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन्।
लु.२१ प २२१२ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको हो।
बरामद रकम र स्कुटरसहित दुवै जनालाई आवश्यक कारबाहीको लागि बुटवल उपमहानगरपालिका-८ स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको छ।