नायिका जेनी कुँवरले गरिन् आत्महत्या 

FIle photo
FIle photo

नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन्। काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा उनले आत्महत्या गरेकी हुन्। 

प्रहरीका अनुसार बिहीबार राति ९ बजे उनले आत्महत्या गरेको हो। जेनीको शव अपार्टमेन्टमा भेटिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपाने जानकारी दिए। आत्महत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2021-07-08 21:31:00

प्रतिकृया दिनुहोस्