विदेशको कमाइ छोडेर स्वदेशमै लाखौं कमाउँछन्

लोकान्तर

काठमाडौँ

घनश्याम पाेखरा

स्कीको हेमजाका घनश्याम तिमिल्सिनालाई अहिले नेपालमै विदेशसरी छ । विगतमा साउदी, मलेसिया र कतारमा गरी ९ वर्ष मजदुरी गरेका उनलाई स्वदेशमै केही गर्ने हुटहुटीले अहिले सफलताको बाटोमा डोर्‍याएको छ ।

कास्कीमै सबैभन्दा ठूलो गाई फार्म चलाएका घनश्यामको दिनचर्या गाईसहित भैंसी र बाख्रापालन तथा खेतीपातीमा बित्छ । कुनै बखत रोजगारीका लागि विदेशिएका उनले अहिले आफैंले २५ जनालाई रोजगारी दिएका छन् । 

कृषि व्यवसायमा हालसम्म ८ करोड लगानी गरिसकेको बताउने उनले मासिक ६ लाख बढी आम्दानी गर्छन् । घनश्याम भन्छन्, ‘कमाउनका लागि विदेशमा नै जानुपर्छ भन्ने केही रैनछ । विदेश जाने पैसाले स्वदेशमै पनि लगानी लगाउने हो भने यही गर्न सकिँदो रहेछ ।’

विदेशी भूमिमा पसिना बगाएर नेपालमै केही गर्ने सोचले फर्केका उनले शुरूआतमा साझेदारीमा व्यवसाय सञ्चालन गरेका थिए । हाल उनको व्यवसाय एकल भएको छ । 

त्यसबेला पोखराको मुख्यबजार चिप्लेढुंगा–महेन्द्रपुलदेखि ५०० मिटर नजिकै उनले हेमजाकै मधु त्रिपाठीसँग मिलेर हेम्जा गाई फार्म सञ्चालन गरेका थिए । करीब ५० लाख रुपैयाँ लगानीमा सञ्चालित फार्ममा दूध किन्न सर्वसाधारणको ओइरो लाग्थ्यो । फार्ममा घनश्यामको मात्रै २३ लाख रुपैयाँ लगानी परेको थियो । 

प्रकाशित मिति: : 2021-07-10 20:22:00

प्रतिकृया दिनुहोस्