नियम र वरीयता लत्याउँदै कनिष्ठलाई विभागीय प्रमुखमा नियुक्ति, त्यसपछि कार्यविधि संशोधन !

लोकान्तर

काठमाडाैं
अजय अनुरागी

 

नेपाल वायु सेवा निगमको अपरेशन विभागमा क्याप्टेन दीपुराज ज्वार्चनलाई योग्यता नपुगी निर्देशक बनाएको पाइएको छ ।

२०७६ भदौ ११ गते फ्लाइट अपरेशन विभागको निर्देशक पदमा नियुक्त गरिएका ज्वार्चनको नियुक्ति नै गैरकानूनी रहेको तथ्य फेला परेको हो ।

पाइलटहरूलाई उडानको अवसर दिने क्रममा भेदभाव गरेको, विदेशी पाइलटहरूलाई बढी मौका दिएको र उनीहरू (विदेशी पाइलट)लाई पारिश्रमिक दिने क्रममा आयकर समेत कट्टा नगरेको आदि बेथितिमा संलग्न रहेको आरोप लागेका ज्वार्चनको नियुक्तिमै प्रश्न उठेको हो ।

योग्यताविपरीत नेपाल नागरिक उड्डयन प्राधिकरणले नियुक्ति दिएपछि उनको नियुक्तिलाई वैध ठहर्‍याउनपछि आएर कानून संशोधन गरेको भेटिएको छ ।

उक्त पदमा नियुक्त गर्नका लागि शुरूमा नै अन्तर्वार्ता र अन्य परीक्षा लिनुपर्नेमा पहिला नियुक्ति दिएर पछि मात्र यी प्रक्रिया औपचारिकताका लागि गरेको समेत पाइएको छ ।

 

प्रकाशित मिति: : 2021-07-11 17:08:00

प्रतिकृया दिनुहोस्