काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख ३० हजार डोज खोप

File photo
File photo

अमेरीकी सरकारले नेपाललाई उपलब्ध गराएको १५ लाख ३० हजार खोप काठमाडौं आइपुगेको छ।

जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको खोप कतार एयरवेजको नियमित उडानमार्फत ल्याइएको हो।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको खोप अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। 

अमेरिकाबाट आएको खोपले नागरिकको ज्यान जोगाउन सक्ने बताउँदै मन्त्री श्रेष्ठले भने, ‘छिट्टै नै खोप अभियान चलाउने  छौँ।’

खोप ल्याएका राजदूत र्‍याण्डीले अमेरिकाले नेपाललाई उपहारस्वरुप खोप दिएको बताए।
 


 

प्रकाशित मिति: : 2021-07-12 12:16:00

प्रतिकृया दिनुहोस्