नेपाली काँग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन्।
सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने निर्णयले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले स्टाटस लेख्दै सर्वोच्चले संविधानको रक्षा गरेको बताएका हुन्।
उनले लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, प्रतिनिधिसभा विघटन असंवैधानिक थियो, सर्वोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ’
अदालतले गरेको फैसलामा असहमत जनाउन सकिने बताउदैँ उनी भन्छन्, ‘अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन। उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।’