राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्छ : मिलन पाण्डे

File photo
File photo

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन्। 

सोमबार सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका हुन्।

देउवालाई बधाई दिँदै उनले फेसबुकमा लेखेका छन्, ‘बाइ बाइ केपी ओली। एउटा अहङ्कारको अन्त्य हुनै थियो, भयो। अब केपी ओली प्रवृत्तिको पनि अन्त्य हुन जरुरी छ। संविधान ट्र्याकमा आयो। लोकतन्त्रको जित भयो। अब संसद्ले राष्ट्रपतिलाई पनि महाअभियोग लगाउनुपर्छ।’

प्रकाशित मिति: : 2021-07-12 15:25:00

प्रतिकृया दिनुहोस्