अमेरिकी राजदूतले देउवालाई दिए बधाई

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन्।

राजदूत बेरीले ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

राजदूत बेरीले अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन मिलेर काम गर्ने आशा  गरेकाे अभिव्यक्ति दिएका छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिइसकेका छन्। 

प्रकाशित मिति: : 2021-07-14 10:33:00

प्रतिकृया दिनुहोस्