यी बा जसले अपरहणमा परेको छोरो खोज्न ५ लाख किलोमिटर यात्रा गरे, २४ वर्षपछि भेट्टाए

सेतोपाटी

काठमाडौं

भनिन्छ- आमाबुवाका लागि संसार छोराछोरीकै वरिपरि घुम्छ। छोराछोरीको खुसीका लागि उनीहरूले जस्तोसुकै त्याग गर्न सक्छन्। यो कुरा सबै आमाबुवाका हकमा लागु हुन्छ कि हुन्न तर चीनका गुओ ग्याङताङले आफ्नो हराएका छोरो खोज्न सकेजति सबै गरेका छन्।

सन् १९९७ सेप्टेम्बरको कुरा हो। पूर्वी चीनको सान्डोङ प्रान्तका ग्याङताङका छोरा २ वर्षका थिए।  उनी घरको आँगनमा खेलिरहेका थिए। आमाबुवा अरू नै काममा व्यस्त थिए। त्यही बेला उनको अपरहण भयो।

त्यतिबेला चीनमा सरकारले दम्पतीले एकमात्र बच्चा जन्माउन पाउने कडा नीति लगाएको थियो। एकमात्र सन्तान जन्माउने पाउने भएकाले पितृसत्तात्मक चिनियाँ समाजमा छोराको महत्व निकै बढेको थियो। त्यही भएर बच्चाको अपहरण पनि बढेको थियो।

सरकारले नियमअनुसार जन्माउन पाउने एउटामात्रै छोरा आँगनबाटै अपहरणमा परेपछि ग्याङताङ बेचैन भए। उनले छोरालाई जसरी पनि खोजेर छाड्ने अठोट लिए। छोराको खोजीका लागि उनी मोटरसाइकल चढेर दर्जनौं सहर र गाउँ पुगे। मोटरसाइकलमा उनले आफ्नो छोराका दुई तस्बिर राखेका थिए।

उनी चीनका २० वटा प्रान्तमा पुगे। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार उनले झन्डै ५ लाख किलोमिटर  यात्रा गरे। कहिले सडकमा लुटेरासँग लडे। कहिले दुर्घटनामा परे। कहिले पुलमुनि सुते। अनि पैसा सकिएपछि कहिले सडकमै बसेर मागे।

प्रकाशित मिति: : 2021-07-14 11:42:00

प्रतिकृया दिनुहोस्