जर्मनमा भारी वर्षाका कारण ३३ को मृत्यु, दर्जनौँ बेपत्ता

Photo - EPA
Photo - EPA

जर्मनका विभिन्न ठाउँमा अत्यधिक वर्षापछि आएको बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ।

बाढीका कारण ३३ जनाको मृत्यु र कयौँ नागरिक बेपत्ता भएको पश्चिमी क्षेत्रस्थित यूस्किरचेनका एक अधिकारीले बताएका छन्।

पश्चिम जर्मनीमा भारी वर्षाद आएको बाढीले जनजीवन प्रभावित पारेको स्थानीय समाचार एजेन्सीले जनाएको छ।

टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा उद्धारमा समस्या भएको छ। कोबलेन्ज शहरमा बाढीका कारण ११ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

यूस्किरचेन क्षेत्रमा १४ जनाले ज्यान गुमाए भने सयौँ मानिस घरको छतमा फसेका छन्। प्रान्तीय सरकारले उनीहरूको ज्यान बचाउन लागिपरेको अधिकारीहरूले बताएका छन्।

शुल्ड गाउँमा बाढी पस्दा थ्रुपै घरहरू भत्किएका छन्। धेरै गाउँ–वस्तीका स्थानीयहरू सम्पर्कविहीन भएका छन्। पश्चिम तथा मध्य जर्मनीसँगै छिमेकी देशमा थ्रुपै व्यापारमा नोक्सानी भएको छ। 

प्रकाशित मिति: : 2021-07-15 18:25:00

प्रतिकृया दिनुहोस्