राप्रपा अध्यक्ष कमल थापाले कोभिडविरुद्धको खोप सुनिश्चितता गरिदिएकोमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई आभार प्रकट गरेका छन्।
अध्यक्ष थापाले केही विवादका बीच पनि ओली नेतृत्वको सरकारले एक करोड खोपको आपूर्ति व्यवस्था गरेकोमा यो सुखद पक्ष भएको बताएका छन्।
उनले भनेका छन्, 'सुरुमा केही अलमल र विवाद भए पनि जाँदा-जाँदै केपी शर्मा ओली नेतृत्वको सरकारले करिव एक करोड कोरोना विरुद्धको खोप आपुर्ति व्यवस्था सुनिश्चित गरेकोमा धन्यवाद दिनैपर्छ। शेरबहादुर देउवाको सरकारले अब अभियानको रुपमा खोप लगाउने तथा थप खोप ल्याउने कार्यमा सफलता प्राप्त गर्ने आशा गर्दै शुभकामना दिन्छु।'