प्रहरीले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-६ बौद्ध नागेश्वर गल्ली डेरा गरी बस्ने दोलखा घर भएको ५१ वर्षीय वाङचे शेर्पाको कोठामा तास खेलिरहेको अवस्थामा वाङचेलगायत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३१ हजार ८ सय रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो।
त्यसैगरी पर्साको वीरगंज महानगरपालिका-१५ नेशनल मेडिकल कलेजस्थित निर्माणधिन भवनमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ बस्ने ४२ वर्षीय श्यामबाबु सोनार लगायत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५८ हजार रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।