अभिनेत्री ऋचा शर्माले आफ्नो ३३औँ जन्मदिन मनाएकी छन्।
३४ वर्षमा लागेकी ऋचाले परिवारसँग सामान्य तरिकाले आफ्नो जन्मदिन मनाएकी हुन्।
कोरोना महामारीमा जमघट सम्भावना नभएकाले परिवारसँगै सामान्य तवरबाट सेलिब्रेसन गरेको ऋचाले उल्लेख गरेकी छन्।
वि.सं २०४४ साल साउन १ गते धनगढीमा जन्मिएकी ऋचाको बाल्यकाल कैलालीमा बितेको थियो। उनले चलचित्र ‘फस्ट लभ’बाट डेब्यु गरेकी थिइन्।
त्यसयता उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘टलकजंग भर्सेस टुल्के’, ‘घर’ लगायतका थुप्रै चलचित्रमा काम गरिसकेकी छन्।
दिपेक्ष राणासँग वैवाहिक सम्बन्धमा बाँधिएकी ऋचा अहिले गर्भवतीसमेत छिन्।