चितवनमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ। अर्का एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० की २२ वर्षीया सिर्जना चौधरी रहेकी छन्।

कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टका अनुसार आज साँझ ६ बजे मकवानपुरबाट रत्ननगरतर्फ आउँदै गरेको ना ८ ख ३०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले विपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई खैरहनीको पर्सा बजार चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलको पछाडि सवार चौधरी घाइते भएकी थिइन्। चौधरीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २६ वर्षीय सुवास चौधरी घाइते भएका छन्। घाइते सुवासको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याङ्कर, चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ।

प्रकाशित मिति: : 2021-07-17 20:26:00

प्रतिकृया दिनुहोस्