स्ट्राइकर ओलिभर जिरौड मिलानमा अनुबन्धित, पारिश्रमिक २ मिलियन

Photo : sportskeeda.com
Photo : sportskeeda.com

इटालियन फुटबल क्लब एसी मिलानले फ्रान्सेली स्ट्राइकर ओलिभर जिरौडलाई दुई वर्षको लागि अनुबन्धित गरेको छ।

चेल्सीबाट खेल्दै आएका जिरौडलाई २ मिलियन युरोमा मिलानले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

३४ वर्षीय स्ट्राइकरले चेल्सीका लागि १ सय १९ खेलमा ३९ गोल गरेका छन् भने त्ससअघि फ्रान्सका लागि जिरौडले १ सय १० खेलमा ४६ गोल गरेका थिए।

प्रकाशित मिति: : 2021-07-18 08:12:00

प्रतिकृया दिनुहोस्