प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ।

सिंहदरबारमा आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

सोही अनुसार प्रधानमन्त्री देउवाले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन्। विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रसँग ४९ जना सांसद रहेका छन्।

प्रकाशित मिति: : 2021-07-18 13:43:00

प्रतिकृया दिनुहोस्