कोरोना भाइरसविरुद्धको अमेरिकी खोप जोन्सन एन्ड जोन्सन दिन सुरु गरिएको छ। आजदेखि काठमाडौंका २८ अस्पतालका खोप केन्द्रबाट खोप दिन सुरु गरिएको हो।
आजदेखि सुरू भएको यो अभियान साउन ६ गतेसम्म चल्नेछ। ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एन्ड जोन्सन खोप दिन सुरु गरिएको हो।
अमेरिकी सहयोगमा प्राप्त यो खोप नेपालमा पहिलो पटक लगाउन सुरु गरिएको छ। यसअघि सरकारले भारतले उत्पादन गरेको कोभिशिल्ड, चीनले उत्पादन गरेको भेरोसेल लगायतका खोपहरु दिँदै आएको थियो।
अहिलेसम्म नेपालमा करिब ५ प्रतिशत बढी नागिरकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन्।