देउवा सरकारलाई १८ महिनाअघि हटाउन सकिन्छ?

सेतोपाटी

काठमाडाैं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को उपधार ५ अनुसार संसदको बाँकी कार्यकाल शासनसत्ता चलाउन १६५ सांसदले विश्वासको मत दिए। उपधारा ५ को प्रधानमन्त्री बनेसँगै अब डेढ वर्षपछि हुने आम निर्वाचनअघि उनी कसैगरी बीचमा हट्न सक्छन् कि सक्दैनन् भन्ने धेरैको प्रश्न छ।

संविधान र कानुनले के भन्छ?

सामान्यतया प्रधानमन्त्रीलाई उनको इच्छा विपरीत पदबाट हटाउने दुइटा बाटा छन्।

पहिलो, अविश्वासको प्रस्ताव ल्याएर।

दोस्रो, उनलाई प्रधानमन्त्रीमा समर्थन दिएका दल वा सांसदले समर्थन फिर्ता लिएर।

अविश्वास प्रस्ताव ल्याएर देउवालाई हटाउने संवैधानिक बाटो उपलब्ध छैन। संविधानअनुसार नयाँ प्रधानमन्त्री नियुक्त भएपछि दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन पाइन्न। त्यसैले देउवाविरूद्ध संसदमा अविश्वासको लैजान पाइन्न।

त्यसो भए उनलाई अहिले समर्थन गरेका पार्टी वा सांसदले आफ्नो समर्थन फिर्ता लिएर हटाउन सक्छन् वा सक्दैनन्?

प्रकाशित मिति: : 2021-07-19 20:17:00

प्रतिकृया दिनुहोस्