भारतले नेपाली राजदूत आचार्यको मोबाइल ह्याक गरी ‘जासुसी’ गरेकाे खुलासा

इजरायली ‘स्पाइवेयर’ पेगाससद्वारा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य समेत गाेप्य 'जासुसी'मा परेका छन्।

‘ह्याकिङ सफ्टवेर’ पेगाससले दिल्लीस्थित नेपाली राजदूत आचार्यसहित कयौँ देशका कूटनीतिज्ञ, मन्त्री, पत्रकारहरूको गाेप्य 'जासुसी' गरेकाे द वायरले जनाएको छ।

सन् २०१८ देखि राजदूत आचार्यसँगै तीस सय भारतीयको मोबाइल ह्याक गरी ‘जासूसी’ गरिएको भारतीय अखबार द हिन्दूले खुलासा गरेको हो।

द वायरको रिपोट अनुसार ४० जना भारतीय पत्रकारको मोबाइल नम्बरमाथि ‘जाजुसी’ गरिएको छ। जो–प्रधानमन्त्री नरेन्द्र मोदीका खरो आलोचक मानिन्छन्।

पाकिस्तानका प्रधामन्त्री इमरान खानको मोबाइल समेत ‘ह्याकिङ सफ्टवेर’ पेगाससको प्रयोग गरी गोप्य ‘जासुसी’ गरिएको छ। अज्ञात एजेन्सीले पेगाससको विदेशी कूटनीतिज्ञ, विपक्षी नेता र सामाजिक कार्यकर्ताहरूलाई निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलासा गरेका  छन्।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमाथि नै ‘ह्याकिङ सफ्टवेर’ किनेको आरोप लागे–पनि अहिलेसम्म यसको कुनै पुष्टि भएको छैन।

दुई मन्त्री र न्यायाधीश पनि 'जासुसी'मा परेको वासिङ्टन पोस्ट र द गार्जियन ले पुष्टि गरेको छ तर उनीहरूकाे नाम भने सार्वजनिक गरिएको छैन।

'पेगासस' नामक सफ्टवेर एक कम्प्युटर प्रोग्राम हो। जसको सहयोगमार्फत् ‘माेबाइल ह्याक’ गरी क्यामेरा, माइकसहित महत्त्वपूर्ण सूचना प्राप्त गर्न सकिन्छ। फोन कुराकानीको विवरणसमेत सफ्टवेरबाट पत्ता हुने बताइएकाे छ।

भारत सरकारले 'पेगासस' प्रयोग गरी आफूले चाहेको व्यक्ति र संस्थाको निगरानी गर्नेगरेको छ। निगरानी गरिएका व्यक्तिलाई फोनमा म्यासेज, ह्वाट्स्एप, आईफोन म्यासेज वा अन्य कुनै माध्यमबाट एक लिङ्क पठाइन्छ।

उक्त व्यक्तिले प्राप्त लिङ्क क्लिक गरेलगत्तै सफ्टवेर फोनमा एक्टिभ हुन्छ। एकपटक एक्टिभ भएपछि फोनको एसएमएस, इमेल, ह्वाट्स्एप च्याट्, जीपीएस डाटा, फोटो वा भिडियो लाइब्रेरी 'पेगासस'को नियन्त्रणमा पुग्छ।

पेगासस निर्माण कम्पनी ‘एनएसओ’ ग्रूपले बताएअनुसार निजी कम्पनीहरुलाई यो सफ्टवेयर बेचिँदैन तर सरकारले मागेको वा आग्रह गरेको खण्डमा सहजै उपलब्ध (बेचिन्छ) गराइन्छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलाई खरो आलोचना गर्ने पत्रकारहरूमाथि जासुसी गरिएपछि सरकारमाथि नै आशङ्का गरिएको विभिन्न सञ्चारमाध्यमले दाबी गरेका छन्।

द वायर सहित विश्वभरका १६ सञ्चार संस्थाले पेगासस सफ्टवेरबाट जासुसी गरिरहेको 'रिपोर्ट' सार्वजनिक गरेका छन्। पेगासस सफ्टवेरमार्फत् इन्डियन एक्स्प्रेसहिन्दुस्तान टाइम्सन्यूज–१८इन्डिया टूडेद हिन्दूद वायर र द पायनियर जस्ता प्रतिष्ठित सञ्चारमाध्यममा काम गर्ने पत्रकार लक्ष्यित ‘निगरानी’ गरिएको थियो।

प्रकाशित मिति: : 2021-07-20 20:06:00

प्रतिकृया दिनुहोस्