भीम रावललाई भेट्न टोखा पुगे माधव नेपाल

File photo
File photo

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेट्न उनकै निवास टोखा पुगेका छन्। बुधबार बसेकाे स्थायी कमिटी बैठकमा नेता रावल सहभागी नभएपछि नेता नेपाल उनकै निवासमा पुगेका हुन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनुअघि नै असन्तुष्टि जनाएर सांसद पदबाट राजीनामा दिएका रावल आजकाे बसेकाे नेपाल पक्षकाे बैठकमा सहभागी  भएका थिएनन्। 

रावल एमाले एकताका लागि गठित कार्यदलकाे नेपाल पक्षका संयाेजक हुन्। उक्त कार्यदलले  प्रस्ताव गरेकाे १० बुँदे सहमति पत्रमा नेता नेपालले हस्ताक्षर नगरेपछि रावलले असन्तुष्टि जनाउँदै आएका थिए। 
 

प्रकाशित मिति: : 2021-07-21 17:56:00

प्रतिकृया दिनुहोस्