रमेश अंकलको छोरो र राष्ट्रिय दिदीको भिडन्त!

सेतोपाटी

प्रभाकर गौतम

नेपाली स्ट्यान्ड-अप कमेडीमा लेखमणि त्रिताल चर्चित नाम हो। उनी एक जना साथीलाई जहिल्यै 'रमेस्या छोरो' भनेर जिस्काउँथे। उनले आफ्नो प्रस्तुतिमा 'रमेस्या छोरो' लाई 'रमेश अंकलको छोरो' बनाइदिए। 

कालान्तरमा उनकै पहिचान यही बन्यो। विगत तीन वर्षदेखि लेखमणि आफ्नो नामले भन्दा रमेश अंकलको छोरो उपनामले परिचित छन्।

त्यस्तै नेपग्याज्ममा 'के हेरेको बे' भनेर चर्चा कमाएकी सीता न्यौपाने स्ट्यान्ड-अप कमेडीमा छोटो समयमै स्थापित हुन सफल कमेडियन हुन्।सीताका सबै प्रस्तुति दर्शकले निकै रूचाएका छन्। चितवनकी सीताले पनि दर्शकहरूबाट उपनाम पाएकी छन्- राष्ट्रिय दिदी। (यो पनि पढ्नुहोस्ः 'मेरो नामजस्तै शालीन छैन म')

स्ट्यान्ड-अप कमेडीमा नाम बनाएका यी चर्चित अनुहार पछिल्लो पटक एउटै भिडिओमा देखिएका छन्। उनीहरू नेपग्याज्मको 'रोस्ट एन्ड र्‍याप ब्याटल' नामक नयाँ कार्यक्रममा एकअर्काका प्रतिस्पर्धी बनेका हुन्।

प्रकाशित मिति: : 2021-07-21 19:23:00

प्रतिकृया दिनुहोस्