टोक्यो २०२०: के जापानले ओलिम्पिक्सलाई 'सुपर स्प्रेडरु बन्नबाट रोक्न सक्छ?

बिबिसी

काठमाडौं

टोक्यो ओलिम्पिक्स सुरु हुने दिनसम्म कोभिड-१९ बाट सङ्क्रमित हुने खेलाडी र कर्मचारीको सङ्ख्या बढ्न थालेको छ।

यसले उक्त प्रतियोगितामा छिटपुट सङ्क्रमण मात्रै नभई व्यापक रूपमा सङ्क्रमण हुनसक्ने वा प्रतियोगिता सुपर स्प्रेडर हुनसक्ने त्रास बढाएको छ।

विश्वव्यापी महामारीबीच ओलिम्पिक्स आयोजना गर्नुको खतरा बुझेको कोही व्यक्ति छ भने ती डा. टेरा कर्क सेल हुन्।

उनले सन् २००४ मा एथेन्समा भएको प्रतियोगितामा अमेरिकाका लागि रजत पदक जितेकी थिइन्।

पौडीमा पदक जितेकी उनी पछि प्रसिद्ध जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीमा वरिष्ठ पदमा काम गर्न पुगिन्।

ओलिम्पिक्स खेलाडी र सङ्क्रामक रोग विज्ञ भएका हिसाबले जापानका निकायहरूले कसरी खेलाडी र स्थानीयहरूलाई सुरक्षित राख्ने योजना बनाएको छ भनेर उनले बीबीसीलाई बताएकी छन्।

प्रतियोगिता स्थलसम्म यात्रा

"ओलिम्पिक्समा यात्रा गर्ने विषय एउटा अद्‌भुत अनुभूति थियो। टोलीमा परेपछि तपाईँले तालिम केन्द्रबाट सुरु गर्नुहुन्छ अनि सबै कुरा निकै छिटो-छिटो हुन्छ," डा. सेलले भनिन्।

प्रकाशित मिति: : 2021-07-23 18:09:00

प्रतिकृया दिनुहोस्