बीस वर्षपछि प्रधानमन्त्री देउवाले सच्याएको एउटा गल्ती

सेतोपाटी

काठमाडौं

शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवास बूढानिलकण्ठ गए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरिसकेका देउवा निजी काम परेर घर गएका होइनन्। 

उनको बालुवाटारदेखि बूढानिलकण्ठको यो यात्रा सरसर्ती हेर्दा सामान्य देखिए पनि राजनीतिक संस्कारका हिसाबले यसभित्र महत्वपूर्ण अर्थ छ। आज बूढानिलकण्ठ पुगेसँगै देउवाले २० वर्षअघि आफूले गरेको एउटा गल्ती सच्याएका छन्।

पछिल्लो समय नेपाली प्रधानमन्त्रीहरूका लागि सरकारी निवास बालुवाटार र पार्टी कार्यालय बीचको भिन्नता लगभग मेटिइसकेको थियो। सरकारी खर्चमा चल्ने बालुवाटारमा पार्टीका साना-ठूला बैठक गर्नु उनीहरू प्रधानमन्त्रीको अधिकारजस्तो ठान्थे।

आफ्नो पार्टीका लागि नागरिकले तिरेको करबाट चल्ने बालुवाटार प्रयोग गर्थे। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा त यो क्रम झनै बढेको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको झन्डै साढे ४ सय जनाको केन्द्रीय कमिटी बैठक उनले बालुवाटारमै गरेका थिए। 

प्रकाशित मिति: : 2021-07-23 21:08:00

प्रतिकृया दिनुहोस्