भीमदत्त राजमार्ग अवरुद्ध, सात जिल्लाका हजारौँ यात्रु अलपत्र

Photo - Rss
Photo - Rss

एघार घण्टा बितिसक्दा पनि सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा नआउँदा हजाराैँ यात्रु अलपत्र परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–१ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको डडेल्धुरा प्रहरीले जनाएको छ। अहिले पहिरो पन्छाउने कार्य भइरहे पनि पहिरो नरोकिएका कारण राजमार्ग खुलाउनु समस्या भएको प्रहरीले जनाएको छ।

राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएपछि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु आज बिहान ८ बजेदेखि अलपत्र परेका हुन्। सडकमाथिबाट निरन्तर पहिरो जाँदा राजमार्ग सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

प्रकाशित मिति: : 2021-07-24 19:24:00

प्रतिकृया दिनुहोस्