स्वास्थ्य मन्त्रालयको जिम्मा निजी विद्यालय सञ्चालक श्रेष्ठको काँधमा

Photo - Onlinekhabar.com
Photo - Onlinekhabar.com

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। उनी ललितपुरस्थित लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुन्।

यसबाहेक पनि उनले अरु केही विद्यालयमा पनि लगानी गरेका छन् । पछिल्लाे समय कृषि व्यवसायमा पनि लगानी गरेका उनको केही सञ्चारमाध्यममा पनि लगानी गरेका छन्।

उनले केही समयअघि मात्र देशव्यापी रुपमा अस्पतालको 'चेन' नै बनाउने घोषणा गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री देउवासंगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-25 15:51:00

प्रतिकृया दिनुहोस्