जेनिफरले बाईफ्रेन्डसँग गरेको किसले सामाजिक सञ्जाल ततायो

फाेटाे : जेनिफर लाेपेज अफिसिल इंस्टाग्राम 
फाेटाे : जेनिफर लाेपेज अफिसिल इंस्टाग्राम 

हलिउड गायिका तथा अभिनेत्री जेनिफर लोपेजले २४ जुलाईमा आफ्नाे ५२ औं जन्मदिन मनाएकी छिन।

उनले जन्मदिनकाे अवसमा इन्स्टाग्रमामा सेयर गरेकाे पुराना फाेटाेहरू यतिवेला सामाजिक सञ्जाजलमा एकाएक भाइल भनेका छन्। जेनिफर लोपेजले बाईफ्रेन्ड बेन एफिलेकसँग किस गरेकाे फाेटाे सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा भाइल भएका हुन्।

बेन र जेनिफरको सम्बन्ध १७ बर्ष पहिले नै टुटेकाे थियाे। उनीहरू २००२ देखि २००४  सम्म सँगै थिए। जेनिफर र बेन पहिलो सेलिब्रेटी जोडी हुन्, जसलाई प्रशंसकहरूले उनीहरूको नाम थपेर एक नाम दिएका छन्। यस जोडीलाई बेनिफर भनेर चिनिन्छ।

उनीहरू सम्बन्ध बिच्छेदपछि पनि भेट्दै आएका थिए। उनीहरूले आफूहरू पुन: एक हुन लागेकाे बताएका छन्।

फाेटाे : जेनिफर लाेपेज अफिसिल इंस्टाग्राम 

 

प्रकाशित मिति: : 2021-07-25 18:57:00

प्रतिकृया दिनुहोस्