सम्पत्ति विवरण बुझाउन निर्देशन

Symbolic photo
Symbolic photo

गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन २९ गतेभित्र सम्पत्ति विवरण बुझाउन हेलम्बु गाउँपालिकाले निर्देशन दिएको छ। 

गाउँपालिकाकाले आज सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र कार्यरत सम्पूर्ण शिक्षक, कर्मचारीले आव २०७७/७८ को सम्पत्ति विवरण विद्यालयले एकमुष्ट गरी साउन २९ गतेसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन निर्देशन दिएको हो। 

प्रत्येक शिक्षकले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र आफ्नो र आफ्नो परिवारका नामको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी प्रावधान रहेकाले त्यसै अनुसार निर्देशन दिइएको गाउँपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जानकारी दिए। 

प्रकाशित मिति: : 2021-07-26 21:28:00

प्रतिकृया दिनुहोस्