गृहमन्त्री खाणसँग भेटेर अमेरिकी राजदूत र्‍यान्डीले भने- 'नेपाललाई खोपको आवश्यक हुन दिदैनौं'

गृहमन्त्री बालकृष्ण खाणले अमेरीकी सरकारले नेपाली जनतालाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको बताएका छन्। 

नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीसँग मन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री बालकृष्ण खाणले महामारीबाट बचाउनका लागि दिएको खोपले मानवीय साहयता गरेको बताएका हुन्। 

नेपाल सरकारको तत्कालिन प्रमुख प्राथमिकता सर्वसाधारणलाई महामारीबाट सुरक्षित राख्नु रहेको भन्दै उनले अमेरिकी सरकारको प्रशंसासमेत गरेका थिए।

सोही भेटवार्तामा राजदुत र्‍यान्डीले दुई देशबीचको सम्बन्ध सुमधुर रहने बताउदैं भने, 'नेपाललाई थप खोपको आवश्यक परेमा उपलब्ध गराउने छौं।' 

प्रकाशित मिति: : 2021-07-26 22:28:00

प्रतिकृया दिनुहोस्