रवीन्द्र मिश्रजी, पञ्चायती व्यवस्था नै फिर्ता ल्याउने कि ?

लोकान्तर

काठमाडौं

विवेकशील साझा पार्टीका अध्यक्ष एवं पूर्व रेडियोकर्मी रवीन्द्र मिश्रले गौरवका साथ प्रस्ताव गरेको ४४ पेजको वैचारिकी 'Nation Above Notion' लाई पढिसकेपछि त्यसका उपर समुद्र मन्थन गर्दैछु । यसलाई सकरात्मक आलोचना भन्न मिल्दैन, यो नकरात्मक आलोचना नै हो ।

एउटा कथन छ, 'इतिहासलाई सही ढंगले व्याख्या गर्न सकिन्न भने बरु चुरा पसल खोलेर बस्नुपर्छ ।' नेपाली इतिहास र समाज विकासक्रमलाई मिश्रले सही ढंगले विश्लेषण गरेको नदेख्दा गोरखा जानुपर्ने मानिस गोरखपुर गइरहेको प्रतीत हुन्छ ।

जस्तो कि मधेश आन्दोलन, आदिवासी जनजाति, उत्पीडित, उपेक्षित, सीमान्तकृत समुदायको विद्रोहलाई उनले आयातितको संज्ञा दिँदै आतंकसँग जोड्ने प्रयास गरेका छन्। खासगरी २०६२/०६३ सालको जनआन्दोलनका उपलब्धिहरूलाई उनले स्वीकार गरेको देखिन्न ।

संघीयताले मधेश अलग हुनसक्छ भन्ने आंकलन गर्दै उनले राष्ट्रिय अखण्डता जस्तो संवेदनशील विषयलाई 'conspiracy theories' का आधारमा सतही भ्रम र शंका फिँजाएका छन्। डर देखाएका छन्। अधिकार माग्नेहरूलाई तर्साउन खोजेका छन्। राप्रपा नेपालको घोषणा पत्र जस्तो देशको स्वाभिमान नै धर्म हो भन्ने निचोड निकाल्ने प्रयास गरेका छन् ।

प्रकाशित मिति: : 2021-07-27 14:53:00

प्रतिकृया दिनुहोस्