प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोनमा कुराकानी भएको छ।
मंगलबार उनीहरुबीच भएको कुराकानीमा जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।
भारत भ्रमणमा रहेका ब्लिंकेन र देउवाबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा कुराकानी हुनका साथै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे समेत छलफल भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ।