जापानकाे टाेकियाेमा जारी ३२औं गृष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली खेलाडी गौरीका सिंहले आज प्रतिस्पर्धा गर्ने भएका छिन्।
उनकाे खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। महिलाको १ सय मिटर फ्रीस्टाइलमा गौरिकाले प्रतिस्पर्धा गर्ने लागेकी हुन्। यस हिटमा ४ खेलाडी छन्। हिट १ मा गौरिकासँगै नाइजेरिया, मन्टेनेग्रो र गुआमका खेलाडिहरू छन्।
१३ औं सागकी स्वर्णपदक गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा रहेकी छिन्। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान रहेको छ।
यस ओलम्पिकमा पौडीबाट नेपाली दुई खेलाडी सहभागी छन्। तर एलेक्जेन्डर शाहले मंगलबार नै प्रतिस्पर्धा गरेका थिए। उनी नेपाली राष्ट्रिय किर्तिमान बनाउँदै खेल बाट बाहिरी छन्। नेपालीबाट यस ओलम्पिकमा चार जना खेलाडी सहभागी छन्। अन्य सबैकाे खेल यसअघि नै सकिएकाे छ।