युरोपियन च्याम्पियन इंग्लिस क्लब चेल्सीले प्रि–सिजन अन्तर्गतको पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा चेल्सीले घरेलु टाेली बर्नमाउथमाथि २–१ काे जित निकालेकाे हाे।
चेल्सीको जितमा अर्मान्डो ब्रोजा र इके उग्बोले १–१ गोल गरे। बर्नमाउथका इमिलियानो मार्कोन्डेसले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिदाँ दोस्रो हाफमा घरेलु टोली बर्नमाउथले ६६औं मिनेटमा मार्कोन्डेसको गोलबाट सुरुवाती अग्रथा लिएको थियो। तर बर्नमाउथको त्यो अग्रता लामो समय टिकेन। ७२औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए। ७६औं मिनेटमा उग्बोले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए।
चेल्सीले अब आर्सनल र टोटेनहमसँग पनि मैत्रीपुर्ण खेल खेल्ने तालिका रहेकाे छ। त्यसपछि चेल्सीले १२ अगस्टमा युइएफए सुपर कपको उपाधि लागि स्पेनिस क्लब भिल्लारियलसँग खेल्ने छ।