गोलकिपर अल्फोन्स एरीओला वेस्टह्याममा अनुबन्धित

Photo : psgtalk.com
Photo : psgtalk.com

फ्रान्सका गोलकिपर अल्फोन्स एरीओला प्रिमियर लिग क्लब वेस्ट ह्याममा अनुबन्धित भएका छन्।

२८ वर्षीय गोलकिपर अल्फोन्सले गत सिजनमा फुलहमबाट खेलेका थिए। उनले फुलहमका लागि ३६ लिग खेलिसकेका छन्।

त्यसअघि उनले रियल मड्रिड र भिल्ला रियल लगायतका क्लबबाट खेलिसकेका छन्।

वेस्ट ह्यामले भने अल्फोन्सलाई पीएसजीबाट एक सिजनको लागि अनुबन्धित गरेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-07-30 06:18:00

प्रतिकृया दिनुहोस्