ओलम्पिक: पहिलो चरणबाटै बाहिरिइन् सरस्वती

जापानमा जारी टोकियो ओलम्पिकअन्तर्गत महिलाको एक सय मिटर दौड प्रतिस्पर्धामा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन्।

शुक्रवार बिहान सरस्वतीले ओलम्पिक स्टेडियमको ट्रयाकमा निर्धारित दुरी १२:९१ सेकेन्डमा पूरा गरिन्। उक्त हिटमा नाै खेलाडी रहेका थिए। जसमध्ये दोस्रो हिटमा रहेकी उनी हिटको आठौँ स्थानमा परेकी थिइन्।

उनले आफ्नो व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकिनन्। 

प्रकाशित मिति: : 2021-07-30 08:31:00

प्रतिकृया दिनुहोस्