राफियालाई काेराेना देखिएपछि युभेन्ट्सका खेलाडीहरु आईसोलेसनमा

Photo : newsline.news
Photo : newsline.news

फुटबल क्लब युभेन्ट्सका खेलाडीहरुलाई आईसोलेसनमा राखिएको छ।

पछिल्लो समय मिडफिल्डर हाम्जा राफियालाई कोरोना भाईरस देखिएको थियो। त्यससँगै सिनियर खेलाडीहरुलाई आईसोलेसनको लागि पठाइएको हो।

राफिया यसअघि पनि १० दिनको सेल्फ आईसोलेसनमा बसेका थिए।

आगामी अगस्ट ८ मा युभेन्ट्सले बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ। राफियाले भने बार्सिलोनासँगको खेल गुमाउने सम्भावना देखिएको छ। 

प्रकाशित मिति: : 2021-07-30 09:32:00

प्रतिकृया दिनुहोस्