ऐश्वर्या रायसँग 'डेटिङ' जान चाहन्थे रणवीर कपूर

बलिउड अभिनेता रणवीर कपूरको क्रेज युवा पुस्तामाझ राम्रै छ।

त्यसो त रणवीर यतिबेला नयाँ दिल्लीमा नयाँ चलचित्रको छायांकनमा व्यस्त छन्। तर यहीबेला उनले पछिल्लो समय दिएको एक अन्तर्वार्ताकोे 'क्लीप' भाइरल भइरहेको छ।

उक्त भिडियोमा उनले भनेको छन्, 'म ऐश्वर्या रायसँग डेटिङ जान चाहन्थे।',उनले थप्दै भनेका छन्, 'ऐश्वर्या मेरो जीवनको पहिलो क्रस थिइन्।'

रणवीर हाल अभिनेत्री अलिया भट्टसँग प्रेमसम्बन्धमा छन्। यसअघि पनि रणवीरले दीपिका पादुकोण र कट्रिना कैफसँग ब्रेकअप गरिसकेका छन्। 

प्रकाशित मिति: : 2021-07-31 06:10:00

प्रतिकृया दिनुहोस्