कुशल सभ्य समाज

सोच्दै नसोचेको केही बोलिहाल्नु पर्ने
राम्रो नराम्रो नहेरी अपनाईहाल्नु पर्ने
विवेकपूर्ण विचार र सदाचार सदभाव
आफु आफैमा कता कता हो हराएको
विवेकहीन र गन्तव्यहीनतामा गतिशील
एक कुशल समाज अनि सभ्य समाज। 

विचारको अन्तराभित्र क्रन्दन अनि जित
बिनाखुशी अनि बिनाविजयको जात्रा
आफैमा त्रस्त अनि बेजोड प्रहार हो कि
स्वादबिनाको भोज हारबिनाको जित
ठिक छैन हो र पनि अग्रसरता निरन्तर
एक कुशल समाज अनि सभ्य समाज। 

स्वभावसँग आवाज मिल्दैन अनि भाका
नमिलेका आवाज भाकाहरू स्वीकार्य छन्
आफै-आफ्नैसँग कैयौं पटक टकराएका छन्
फेरि पनि यसैमा जितको अवशेष खोज्नेहरू
जीवित आत्माहरूको अभुतपूर्व मुर्दा लडाइ
यन्त्रवत चलिरहेछ बिरूद्धमा यात्राहरू छन्
एक कुशल समाज अनि  सभ्य समाज। 

सोच्द नसोचेको कल्पनामा मस्त छ दौड
गन्तब्यको अनिश्चितताभित्र तछाडमछाड
अनि लगन कहाँ छ अभ्यास अनुभव कहाँ
व्यथै व्यथाले ग्रस्त बारिका डिलहहरूमा
आशाको डोरीमा यन्त्रवत जीवन दर्पण
परन्तु परिणाम आफैमा परिकल्पना भित्र
कल्पनामा एक कुशल समाज सभ्य समाज। 

प्रकाशित मिति: : 2021-07-31 12:35:00

प्रतिकृया दिनुहोस्