कोरियामा मासिक २ लाख तलब खाएपछि गाउँघरमै आएर खेतीपाती

लोकान्तर

विराटनगर

 उत्तम पोखरेल

धान फल्ने खेतमा तरकारी रोप्दा धेरैले बाहुन बौलाउन लाग्योसम्म भने तर मोरङको सुन्दरहरैचा नगरपालिका–५ का हरि घिमिरे कसैका कुरा सुनेनन्, बरु आफूलाई लागेको गरेरै छाडे ।

ताप्लेजुङबाट मोरङ झरेका घिमिरेले ४ विगाहा जमिन किनेका थिए । उनको सबै जमिनमा धान राम्रै फल्थ्यो । धान फलाएरै बस्दा घिमिरेको चित्त बुझेन ।

उनी गाउँमै पहिलो पटक तरकारी खेती गर्ने किसान बने । तराईका आदिवासी जनजाति थारु चौधरी समुदायका बीचमा पहाडबाट आएर बसेका घिमिरेलाई धेरैले धान फल्ने खेत मासेको भन्दै पागल समेत भन्न भ्याए ।

‘२०६३ सालमा एग्रिकल्चर स्रिमोसन एन्ड रिसर्च सेन्टरमार्फत अमेरिकाबाट जर्सी प्रजातिको कुरिलो बिउ ल्याएर किसानलाई निःशुल्क बाँड्न खोज्दा ‘धानखेत मासेर जेसुकै रोप्दैनौ’ भनेर कसैले बिउ नै लगेनन्,’ घिमिरे भन्छन्, ‘पश्चिमतिरका केहीले लगे पनि पूर्वका थोरैले मात्रै लगे ।’

प्रकाशित मिति: : 2021-07-31 21:54:00

प्रतिकृया दिनुहोस्