पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका प्रस्थान गरेकी छिन्।
उनी सोमबार साँझ त्यसतर्फ प्रस्थान गरेकी हुन्। उनलाई बिदाइ गर्न उनका प्रेमी सिसन बानियाँ र परिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
उनले केही समय पहिले विश्वकै चर्चित हावर्ड विश्वविद्यालयमा छात्रवृतिसहित एडमिशन पाएको जानकारी गराएकी थिइन्।
उनले त्यहाँ 'सहरी विकास' विषयमा स्नातकोत्तर पुरा गर्नेछिन्। उनले आर्किटेक्चरमा स्नातक गरिसकेकी छिन्।