गोपालमान शेरबहादुरसँग लड्न तयार छ !

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासिला सारथि नेता गोपालमान श्रेष्ठले साथ छोड्ने संकेत देखाएका छन् । काँग्रेसको १० औं महाधिवेशनदेखि नै हरेकपटक साथ दिँदै आएका श्रेष्ठ १४ औं महाधिवेशनमा देउवालाई चुनौती दिने मुडमा देखिएका छन् ।

देउवाले सभापतिमा दोहोरिन खोजेकोमा श्रेष्ठलाई चित्त बुझेको छैन । रातोपाटीसँगको कुराकानीमा पनि उनले भने, ‘उहाँले म नलडी छाड्दैन भन्नुभयो भने गोपालमान पनि लड्न तयार छ । गोपालमान प्रतिस्पर्धामा उत्रिन्छ ।’

 भदौ १६ मा महाधिवेशन गर्न नसकिने अवस्था आएमा कोरोना महामारीको पहिलो चरणको आठ महिनालाई शून्य समय मानेर महाधिवेशन सार्नका लागि निर्वाचन आयोगलाई पत्र लेख्नुपर्ने श्रेष्ठको सुझाव छ । प्रस्तुत छ नेता श्रेष्ठसँग रातोपाटीले गरेको कुराकानी :

भदौ १६– १९ मा काँग्रेसको १४ औं महाधिवेशन नहुने संकेत देखिएको छ । तर, काँग्रेसका लागि भदौ २३ गतेभित्रै महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ । अब यो बाध्यताको गाँठो कसरी फुकाउने ?

संवैधानिक व्यवस्था अनुसार भदौभित्रै महाधिवेशन गर्नुपर्छ भन्नेमा काँग्रेसभित्र दुई मत छैन । तर, कोरोनाको महामारीले ०७७ सालको अन्त्यदेखि अहिलेसम्म दुःख दिइराखेको छ । कोरोनाको पहिलो र दोस्रो लहर आयो । अब तेस्रो लहरको कुरा छ । यता महाबर्खा छ । बाढी पहिरोले मान्छे आतंकित छन् । भदौ १६–१९ सम्म महाधिवेशन गर्ने हाम्रो योजनामा तुषारापात भएको छ ।

साउन १२ र १६ गतेका लागि तय गरेको स्थानीय तहको अधिवेशन स्थगन गर्नुपरेको छ । रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले धेरै मिहिनेत गरेर काम गर्नुभयो । उहाँलाई धन्यवाद दिन्छौं । तर, कामलाई पूर्णता दिन सक्नुभएन । ७५ जिल्लाको काम सकेँ भन्नुभयो । तर, बारा र सप्तरीको क्रियाशील सदस्यतामा प्रवेश नै गर्नुभएन । मैले बारा र सप्तरीलाई पनि अन्याय नगर्नुस् भनेँ । तर, उहाँले हेरिदिनुभएन । अहिले सभापतिजीकै नेतृत्वमा एउटा कमिटी छ । त्यसमा केही साथीहरु बसेर वर्कआउट गरिराख्नुभएको छ । उहाँहरुलाई दिएको पाँच दिनको समय आज सकिँदैछ ।

प्रकाशित मिति: : 2021-08-03 21:30:00

प्रतिकृया दिनुहोस्