डिफेन्सिभ मिडफिल्डर फाबिन्होले लिभरपुलसँग सम्झौता नवीकरण गरेका छन्।
२७ वर्षीय फाबिन्होले अब सन् २०२६ सम्म लिभरपुलमै रहनेगरी सम्झौता नवीकरण गरेका हुन्।
सन् २०१८ मा उनी फ्रेन्च क्लब मोनाकोबाट लिभरपुलमा आएका थिए।
फाबिन्होले लिभरपुलका लागि १ सय २२ खेल खेलिसकेका छन्।
उनले लिभरपुलका लागि प्रिमियर लिग, च्याम्पियन्स लिग र सुपर कपलगायतका लिग जितिसकेका छन्।