धनुषामा पोखरीमा एक किशोरको शव फेला परेको छ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ६ का शुभालाल मजिहारका छोरा अन्दाजी १५ वर्षीय अमनको शव फेला परेको हो।
हरिपुरस्थित बुधबार दिउँसो करिब १२ बजेको समयमा नजिकै रहेको सार्वजनिक पोखरीमा मृत भेटिएका हुन्।
स्थानीयका अनुसार राँगा नुहाउन गएको बेला डुबेको हुनसक्ने अनुमान गरिएको हो। उनको घरदेखि करिब ३०० मिटरको दुरीमा रहेको महराजी पोखरीमा दिउँसो पानीमा तैरिरहेको अवस्थामा अमन मृत भेटिएका हुन्।
स्थानीयका अनुसार, उनले पानी समेत नखाएको देखिएकोले उनको मृत्यु शंकास्पद रहेको छ।
स्थानीयहरुले उनलाई पोखरीमा तैरिरहेको अवस्थामा देखेपछि उनको परिवारजनलाई खबर गरेका थिए।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ।