मुख्यमन्त्री पौडेलद्वारा सडक उद्घाटन

File photo
File photo

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जिल्लाको सित्खा, गोगनपानी, धुलेबेँसी, भदौरे, भोटनागी पक्की सडकखण्डको आज उद्घाटन गरेका छन्। 

सो अवसरमा प्रदेश सरकारले सिङ्गो प्रदेशको विकास, समृद्धि, परिवर्तन र जनताको हितका लागि द्रुत गतिमा काम गरिरहेको उनले बताए।

कोरोना भाइरस कोभिड–१९ महामारी र ठेकेदारको बदमासीका बीचमा पनि प्रदेश सरकारले धेरै राम्रा काम गरेको उनको दाबी छ। 

कार्यक्रममा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले रामेछापमा प्रदेश सरकारले अहिलेसम्म १५० किलोमिटर सडक कालोपत्रे गरिसकेको र थप १५० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी गरेको बताए। 

प्रकाशित मिति: : 2021-08-04 21:26:00

प्रतिकृया दिनुहोस्