नेपालले दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल्ने

Photo:  ANFA
Photo: ANFA

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार आगामी भदौमा नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ।

एन्फाका अनुसार नेपाल आएर मैत्रीपूर्ण खेल खेल्नका लागि भारतीय टाेलीलाई अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले अनुमति दिसकेको छ।

एन्फाले दुबै मैत्रीपूर्ण खेल नेपालमा हुने जनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ। जसमा भारतले १३ खेल जितेको छ।  दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ।
 

प्रकाशित मिति: : 2021-08-06 16:03:00

प्रतिकृया दिनुहोस्