तस्करीको सुन लुट्ने भक्तपुर चागुनारायण नगरपालिका वडा नं.– ४ का ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै गुरुङले लामो समयदेखि बिमानस्थलबाट भित्रिने अवैध सुन लुट्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको हाे।
वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई प्रयोग गरी तस्करले पठाउने भन्सार छलीको सुनलाई गुरुङले लुट्दै आएको सूचना पाएपछि प्रहरीले उनलाई पीछा गरेको थियो।
उनी प्रायः विदेशबाट आउने जहाजहरू ढुकेर बसिरहेका हुन्थेँ। सुनका बाला तथा सिक्रि लगाएका मान्छे देख्नासाथ गेटबाहिर निस्किन्थेँ र उनीहरूकाे पीछा लागी एकान्त बाटोसम्म पुग्थेँ।
आफू नेपाल प्रहरीको डिएसपी भएकाे बताउँदै यात्रुहरूकाे सुन लुट्ने गरेकाे काठमाडौं प्रहरी प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन्।
'गुरुङलाई हामीले सुन लुट्ने क्रममा चावहिलबाट पक्राउ गरेका हौँ। अहिले अनुसन्धान भइरहेकाे छ,' एसपी बस्नेतले भने।
उनले साेझा–साझा यात्रुलाई आफू नेपाल प्रहरीको डिएसी हुँ भन्दै तर्साउने गर्थेँ।