टोकियो ओलम्पिक: चीन शीर्षस्थानमा यथावत

Photo - AP
Photo - AP

चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १५ औं दिनसम्म यथावत राख्न सफल भएको छ।

तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ।

टोकियोमा जारी ओलम्पिकको १४ औं दिनको खेल सकिदा २ सय ९३ स्वर्ण पदकको छिनोफानो भएको छ। जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन्।

शुक्रबारको खेल सकिदासम्म पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ। चीनलाई अमेरिकाले पछ्याईरहेको छ।

चीनले ३६ स्वर्ण पदकसहित कुल ७९ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले ३१ स्वर्ण पदकसहित कुल ९८ पदक जितेको छ।  

तेस्रो स्थानमा रहेको जापानले २४ स्वर्णसहित कुल ५१ पदक जितेको छ।

ग्रेट ब्रिटेन १८ स्वर्णसहित ५८ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक कमिटि १७  स्वर्णसहित कुल ६२ पदक जितेर पाँचौं स्थानमा रहेको छ।

यस्तै अष्ट्रेलियाले १७ स्वर्ण जित्दा इटालीले १० स्वर्ण जितेको छ। जर्मनी र नेदरल्यान्ड्सले ९/९ तथा फ्रान्स र न्युजिल्याण्डले ७/७ स्वर्ण जितेका छन्।

क्यानडा, दक्षिण कोरिया र क्युबाले ६/६ स्वर्ण हात पारेका छन्।

हंगेरीले ५ स्वर्ण जित्दा ब्राजिल, पोल्याण्ड, चेक रिपब्लिक र जमैकाले ४/४ स्वर्ण जितेका छन्।  त्यस्तै स्पेन, स्विट्जरल्यान्ड, स्लोभानिया, बेल्जियम र क्रोएसियाले ३/३ स्वर्ण जितेका छन्।

दुई स्वर्ण जित्ने राष्ट्रमा स्विडेन, जर्जिया, इरान, उज्वेकिस्तान, नर्वे, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर, कोसोभो, कतार, ग्रीस, बहामास,केन्या, सर्बिया र युगान्डा  छन्। त्यस्तै २४ राष्ट्रले १/१ स्वर्ण पदक जितेका छन्।

प्रकाशित मिति: : 2021-08-07 06:16:00

प्रतिकृया दिनुहोस्