चर्चित फुटबल खेलाडी रोमेलु लुकाकु चेल्सीमा फर्कने भएका छन्।
२८ वर्षिया लुकाकुलाई चेल्सीले १ सय १५ मिलियन युरोसहित प्रस्ताव गरेको थियो। यससँगै उनले आगामी पाँच वर्षको लागि नयाँ सम्झौता गरेका हुन्। यसअघि लुकाकुले सन् २०१४ मा चेल्सी छाडेका थिए।
लुकाकुले एभर्टनको लागि सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेल खेलिसकेका छन्। जसमा उनले ८७ गोल गरेका थिए।
उनले दुई वर्ष म्यान्चेष्टर युनाईटेडबाट पनि खेलेका थिए।