राङामलेखा, जहाँका विद्यार्थी बस होइन डुंगा चढेर जान्छन् अर्को जिल्लाको स्कुल

सेतोपाटी

सुर्खेत 

कैलाली सुदूरपश्चिमको राजधानी भएको जिल्ला हो। तराईको जिल्ला भएकाले पहाडी सुविधाको खोजीमा अछाम, सुर्खेत, दैलेख, डोटीलगायत पहाडी जिल्लाका मानिसहरू कैलाली बसाइ सर्छन्। 

कैलालीमै केही यस्ता बस्तीहरू पनि छन् जहाँका मानिस सडक, बिजुली, शिक्षा र स्वास्थ्य त परको कुरा दैनिक उपभोग्य  सामानका लागि पनि छिमेकी जिल्ला सुर्खेतमा भर पर्नुपर्छ र कर्णाली पारिको सुर्खेत पुग्न उनीहरूले दिनदिनै डुंगामा ज्यानको बाजी लगाउनु पर्छ। 

कैलालीको मोहन्याल गाउँपालिका-३ राङामलेखाका जयराम भुललाई यतिबेला कर्णाली नदीको झल्को कमै आउँछ। कोभिड-१९ महामारीका कारण गत वर्षदेखि विद्यालय बन्द छन्। उनका छोराछोरी पनि घरमै छन्।

जयरामको मनमा कर्णाली नदी त्यतिबेला झल्किन्छ, जतिबेला उनका छोराछोरी कर्णाली पारिको जिल्ला सुर्खेतमा पढ्न जान्छन्। कर्णाली नदीले जयरामलाई छोराछोरी विद्यालय गएदेखि नफर्किंदासम्म ढुक्क हुन दिँदैन।

जयरामका एक छोरा, एक छोरी सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरामा रहेको सरकारी विद्यालयमा पढ्छन्। उनीहरूको स्कुल जान कर्णाली नदी पार गर्नुपर्छ। कर्णाली नदी तर्ने माध्यम भनेको डुंगा हो।

प्रकाशित मिति: : 2021-08-10 12:56:00

प्रतिकृया दिनुहोस्